This page includes the curriculum created by the Curriculum Development Center (CDC), notes for the reference study, and old and model test questions. Its user interface is very simple to use. By selecting the tabs, you can go to various units and chapters, model questions.

TitleSocial Studies II
Course codeSol. 006
Nature of courseTheory + Lab
Full marks75 + 25
Pass marks27 + 13
Credit Hrs5 hrs
Elective/CompulsoryElective

माध्यमिक शिक्षा पाठ्यक्रम
२०७7
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

वार्षिक कार्यघण्टा : १६० घण्टा
१. परिचय

शिक्षालाई ज्ञान, सिप, अभिवृत्ति, नेतृत्वकला आर्जन गर्ने, समालोचनात्मक विश्व दृष्टिकोणको आधारमा समाजका घटना परिघटनाको व्याख्या गर्ने र समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान गर्ने साधनको रूपमा लिइन्छ । शिक्षालाई समयसापेक्ष बनाउन यसलाई समुदायसँग जोड्नुपर्दछ ।व्यक्तिले आफू, परिवार, समाज, राष्ट्र र विश्व परिवेशसँग सामञ्जस्य कायम गर्दै समयानुकूल, स्वच्छ, स्वस्थ र मर्यादित जीवन निर्वाहका लागि क्रियाशील रहन शारीरिक, मानसिक तथा संवेगतत्मक व्यवस्थापन गर्नु आवश्यक हुन्छ । मानव जीवनलाई सहज, उन्नत एवम्‌ सुसंस्कृत बनाउन र सामाजिक सम्बन्धहरूलाई न्यायपूर्ण, सौहार्द्रपूर्ण एवम्‌ सहयोगात्मक बनाउँदै लैजान शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । समाजलाई समुन्नति र सभ्यतातर्फ अघि बढाउने एउटा प्रभावकारी माध्यमका रूपमा शिक्षालाई लिइन्छ । विश्वमा ज्ञान, विज्ञान र प्रविधिलगायत राजनीति, अर्थतन्त्र, संस्कृति र सामाजिक सम्बन्धहरूमा समेत परिवर्तनहरू आइरहेका हुन्छन्‌ । यस्ता परिवर्तनलाई सम्बोधन गर्न समुदायलाई शिक्षाको पाठ्यक्रमका रूपमा लिई सिकाइका कार्यहरू सञ्चालन गर्नुपर्दछ । विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै समाज र वातावरणसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नु पनि आवश्यक छ । यस्तै किशोरकिशोरीमा उत्पन्न हुने द्विविधाहरू व्यवस्थापन गरी कार्यमूलक जीवनमा प्रवेश गर्दा आवश्यक पर्ने जीवनोपयोगी सिपहरू विद्यालय तहमै हासिल गराउनु औचित्यपूर्ण हुन्छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरूमा समाजको अध्ययनसहित जीवनोपयोगी सिप विकास गराई मानवीय मूल्य र मान्यतासहित लोकतान्त्रिक समाजमा अनुकूलन हुन सक्ने सक्षम नागरिक तयार पार्ने उद्देश्यले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको यो पाठयक्रम तयार गरिएको छ

यस पाठ्यक्रममा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध र विधि, जीवनोपयोगी सिप, मानव समाजको उद्भव र विकास, समाजको विकास र दर्शन, भूगोल र सामाजिक जीवन, विश्व र नेपालको इतिहास, सामाजिक पहिचान र विविधता, संविधान र नागरिक सचेतना, बस्ती, जनसङ्ख्या र विकास, सहरीकरण र बसाइँसराइ, शिक्षा र विकास, स्वास्थ्य सेवा र सामाजिक विकास, अर्थतन्त्र र विकास र समसामयिक घटनाजस्ता विषय समेटिएको छ । यस पाठ्यक्रमले ज्ञान, सिप, अभिवृत्ति र मूल्यको विकासमा जोड दिएकाले अध्ययन अध्यापनमा सैद्धान्तिकभन्दा व्यावहारिक र प्रयोगात्मक पक्षमा बढी जोड दिनुपर्ने हुन्छ । यस विषयका लागि साप्ताहिक ५ पाठ्यघण्टा र वार्षिक कुल १९६० कार्यघण्टा छुट्याइएको छ । विषयवस्तुमा १२० कार्यघण्टाको सैद्धान्तिक तथा ४० कार्यघण्टाको व्यावहारिक अभ्यास समावेश गरिएको छ । मूल्याङ्कनलाई शिक्षणसिकाइ प्रक्रियाको अभिन्न अङ्गका रूपमा प्रयोग गर्नुपर्ने पक्षलाई जोड दिइएको छ । यसका लागि विद्यार्थीमा आवश्यक सामाजिक तथा जीवनोपयोगी शिक्षाका ज्ञान, सिप, अभिवृत्ति र मूल्यहरू हासिल भएनभएको परीक्षण हुने गरी मूल्याङ्कनका विभिन्न विधि तथा साधनहरू निर्माण तथा प्रयोग गर्नुपर्दछ । मूल्याङकन प्रक्रियालाई सहजीकरण गर्नका लागि मूल्याङ्कनका आधारसमेत यस पाठ्यक्रममा समावेश गरिएको छ ।

यस पाठ्यक्रममा परिचय, विषयगत रूपमा अपेक्षित ज्ञान, सिप, अभिवृत्ति, मूल्य र कार्य तत्परतालाई समेटी त्यसको क्रियात्मक स्वरूपमा सक्षमता निर्धारण गरिएको छ । सिकाइको स्तर र सक्षमताको विशिष्टीकृत विस्तृतीकरण तथा अघिल्ला कक्षासँग लम्बीय सन्तुलन र अन्य विषयसँगको क्षितिजीय सन्तुलनका आधारमा विषयवस्तुको क्षेत्र र क्रम निर्धारण गरिएको छ । विषयगत विशिष्टपन र मौलिकतालाई समेटी सिकाइ सहजीकरणका विधि तथा प्रक्रिया प्रस्तुत गरिएको छ । यसमा आन्तरिक र र बाह्य मूल्याङ्कनका विधि तथा प्रक्रियासमेत उल्लेख गरी विद्यार्थी मूल्याङ्ककनलाई व्यवस्थित गरिएको छ ।

२. तहगत सक्षमता
  1. सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र सामाजिक विज्ञानबिचको अन्तरसम्बन्ध बोध र प्रस्तुति ।
  2. जीवनोपयोगी सिपहरूका अतिरिक्त ब्यक्तिगत र सामाजिक जीवनमा अनुसन्धान र सूचना तथा सञ्चार प्रविधिका साधनहरूको प्रयोगलाई जीवनोपयोगी सिपका रूपमा उपयोग ।
  3. सामाजिक जीवनमा जीवनोपयोगी सिप विकास, प्रयोग एवम्‌ स्वस्थ्य जीवनशैलीको व्यावहारिक अभ्यास ।
  4. मानव जाति तथा समाजको विकासक्रमको विश्लेषण एवम्‌ समाज, विश्वदृष्टिकोण र जीवन दर्शनको अन्तरसम्बन्ध बोध र उपयोग ।
  5. भूगोल र मानवजीवनबिचको अन्तरसम्बन्ध बोध र अनुकूलन ।
  6. नेपाल तथा विश्वको ऐतिहासिक तथ्यहरूको खोजी एवम्‌ त्यसका कारण र प्रभावको विवेचना ।
  7. बहुजातीयता र बहुसांस्कृतिकताका विविध आयामहरूको पहिचान तथा समातामूलक समाज निर्माणमा सहभागिता ।
  8. नेपालको विगत र वर्तमान संविधानको तुलना र नागरिक अधिकारप्रतिको सचेतता र कर्तव्यको पालना ।
  9. जनसाड्ख्यिकी, बसाइँसराइ, बस्ती विकास र सहरीकरणको अन्तरसम्बन्धको खोज र प्रस्तुति ।
  10. . नेपालको अर्थतन्त्र र विकासका आयामहरूसँगको अन्तरसम्बन्धको बोध र प्रस्तृति ।
  11. समसामयिक घटना विश्लेषण र सकारात्मक प्रभावको उपयोग ।
  12. सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षामा सूचना प्रविधिको प्रयोग तथा प्रस्तुति ।
  13. विकास र सामाजिक परिवर्तनमा शिक्षा र स्वास्थ्यले पार्ने प्रभावको विश्लेषण ।

विषयवस्तुको दायरा र अनुक्रम

१. सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा (4 पाठ्य घण्टा)

१.१ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध
१.२ जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध
१.२.१ पूर्विय चिन्तन परम्परा र भैरहेका अभ्यास
१.२.२ पाश्चात्य चिन्तन परम्परा र वर्तमान अभ्यास

२.जीवनोपयोगी सिपको रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिप (16 पाठ्य घण्टा)

२.१ अनुसन्धान परिचय
सामाजिक अध्ययनमा प्रयोग हुने विधि, तथ्याङ्क, सूचनाको परिचय, यिनीहरूबिच फरक र अन्तरसम्बन्ध
२.२ सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा
२.३ अध्ययन प्रस्तावनाको संरचना
२.४ लेखनकार्यमा अरुको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्षहरू
२.५ सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयन (सर्भे, अन्तवार्ता, क्षेत्र अवलोकन)
२.६ सामाजिक तथ्याङ्क र सूचना सङ्कलनका विधि र साधनहरू ( डिजिटल साधनको समेत प्रयोग जस्तै गुगल सर्भे फर्म, सामाजिक सञ्जाल, कमर्सियल सफ्टवेयर प्रयोग परिचय)
२.७ तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण
(एक्सेल वा यस्तै अन्य साधनमा डाटा इन्ट्री गर्ने, तालिका, ग्राफ, चार्टमा डाटाको प्रस्तुति गर्ने)
२.८ एक्सेल वा यस्तै अन्य साधनको प्रयोगबाट विभिन्च स्प्रेडसिटहरू तयार गर्ने तथा औसत, मध्यक, बहुलाङ्क, तथ्याङ्कको फैलावट आदिको गणनाबाट तथ्याङ्कको विश्लेषण गर्ने
२.९ शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका

३.जीवनोपयोगी सिप (21 पाठ्य घण्टा)

३.१ जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि, वर्गीकरण र अभ्यास
३.१.१ समालोचनात्मक चिन्तन (Critical Thinking)
(क) अर्थ र महत्त्व
(ख) समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरू
(ग) आत्मालोचना र स्वरूपान्तरण
(घ) कार्य तथा घटनाको समालोचनात्मक चिन्तन विकास र अभ्यास
३.१.२ सिर्जनात्मक चिन्तन (Creative Thinking)
(क) अर्थ र विशेषता
(ख) चरण
(ग) सिर्जनात्मक चिन्तनको अभ्यास
३.१.३ समानुभूति (Empathy)
(क) अर्थ, मूल तत्त्व र किसिम
(ख) सिप विकास र अभ्यास
३.१.४ आत्मबोध (Self-awareness)
(क) आत्मबोधको अर्थ, महत्त्व र तरिका र अभ्यास
(ख) आत्ममूल्याङकनको अर्थ, तरिका, महत्त्व र प्रयोग
३.१.५ संवेग व्यवस्थापन (Emotion management)
(क) संवेग र संवेग व्यवस्थापनको अवधारणा, सिप र उपायहरू
(ख) किशोरावस्थाका संवेग र यसको व्यवस्थापन
(ग) किशोरावस्थामा संवेग नियन्त्रणका लागि योग तथा ध्यान

४. समाजको विकास र दर्शन (12 पाठ्य घण्टा)

४.१ वर्तमान विश्वका सामाजिक विविधता र विशेषता (धर्म, संस्कृति, कला र भाषा)
४.२ सामाजिक सम्बन्धहरूको विकास र सामाजिक अन्तरनिर्भरता
४.३ जीवन दर्शन, सामाजिक मूल्यमान्यताहरू र सामाजिक व्यवहार
४.३.१ दर्शनको अर्थ, विभिन्न विश्वदृष्टिकोणको बोध र जीवन दर्शन परिचय
४,३.२ विभिन्न विश्वदृष्टिकोणबाट बुझिने जीवन र जगत्‌ (समाज, विविधता र सामाजिक सम्बन्ध)
४.३.३ समतामूलक विश्वदृष्टिकोण
४.४ दैनिक जीवनमा दर्शनको उपयोगिता
४.५ समुदायमा आएका परिवर्तन र सामाजिक रूपान्तरण

५. भूगोल र सामाजिक जीवन (18 पाठ्य घण्टा)

५.१ नेपालका प्रशासनिक प्रदेशको परिचय र तिनका विशेषताहरू
५.१.१ भौगोलिक
५.१.२ जनसाड्ख्यिक
५.१.३ आर्थिक
५.१.४ सामाजिक तथा सांस्कृतिक
५.२ अन्तरप्रादेशिक सम्बन्धका विविध आयामहरू
५.२.१ आर्थिक र सामाजिक तथा सांस्कृतिक सम्बन्ध
५.३ नेपालमा विपत्‌ : प्रकार, कारण, प्रभाव,संयन्त्र, योजना निर्माण र व्यवस्थापन
५.४ भूगोल र सामाजिक जीवनमा सूचना प्रविधि
५.४.१ सामाजिक तथ्य तथा तथ्याङ्क प्राप्तिमा सूचना प्रविधि प्रयोग गरी ग्राफ, चार्ट र रेखाचित्रको माध्यमबाट प्रस्तुति
५.४.२ सामाजिक र भूसुचनाको संकलन र विश्लेषणमा जिआइएस, आर.एस., जिपिएस प्रविधिको महत्त्व र प्रयोग

६.नेपालको इतिहास (15 पाठ्य घण्टा)

६.१ नेपालको इतिहास
६.१.१ प्राचीन काल : परिचय र आर्थिक, सामाजिक एवम्‌ राजनीतिक अवस्था
३.१.२ मध्य काल :
(क) ससाना राज्यहरूको उदय र अवसान
(ख) अर्थतन्त्र, कानुन, संस्कृति र कला कौशल
६.१.३ आधुनिक काल: राज्यसत्ता, अर्थतन्त्र, कानुन, संस्कृति र कला कौशल
(क) पृथ्वीनारायण शाहदेखि राणाकालको अन्त्यसम्म
(ख) सङ्क्रमणकालीन अवधि (वि.सं. २००७ देखि २०१७ सम्म)
(ग) पञ्चायत काल (वि.सं. २०१७ देखि २०४७ सम्म)
(घ) बहुदलीय लोकतन्त्र (वि.सं. २०४७ देखि २०६३ सम्म)
(ङ) दोस्रो सङ्क्रमणकालीन अवधि ( वि.सं.२०६३ देखि २०७२ सम्म)
(च) सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक काल (वि.सं. २०७२ देखि हालसम्म)

७. सामजिक पहिचान र विविधता (15 पाठ्य घण्टा)

७.१ सामाजिक वर्ग, वर्ग विभाजनका आधार र सामाजिक रूपान्तरण
७.२ लैङ्गिक सवाल
७.२.१ लैङ्गिकताको निर्माण : जैविक र सामाजिक
७.२.२ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
७.२.३ लैङ्गिक समावेशिता
७.३ अपाङ्गताको सवाल
७.३.१ पहिचान र समावेशीकरण
७.४ धार्मिक तथा क्षेत्रीय पहिचान र समावेशीकरण
७.५ समतामूलक समाज निर्माणका उपायहरू

8. संविधान कु नागरिक सचेतना (12 पाठ्य घण्टा)

८.१ सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरूको गठन प्रक्रिया, काम, कर्तव्य, अधिकार र अन्तरसम्बन्ध
८.२ नागरिक अधिकार, कर्तव्य र उत्तरदायित्व
८.३ किशोरकिशोरीका कर्तव्य र अधिकार
८.४ मुलुकी संहिताको व्यावहारिक पक्ष
८.५ सूचनाको हक र यसको कार्यान्वयन
८.६ सदाचार र सामाजिक जवाफदेही

९. सहरीकरण र बसाइँसराइ (18 पाठ्य घण्टा)

५.१ सहरीकरण
५.१.१सहरीकरणको अवधारणा र विश्वव्यापी प्रवृत्ति
९.१.२ नेपालमा सहरीकरणको मापदण्ड, विस्तार र प्रवृत्ति
९.१.३ गाउँ सहर सम्बन्ध र जीविकोपार्जन शैली
९.१.४ सहरीकरणका अवसर र चुनौती
९.२ बसाइँसराइ
९,.२.१ बसाइँसराइको अवधारणा र विशेषता
९.२.२ बसाइँसराइको वर्गीकरण, प्रवृत्ति र प्रभाव
९.२.३ सुरक्षित एवम्‌ मर्यादित आप्रवासन
९.२.४ बसाइँसराइ र यसको प्रभाव
(क) आर्थिक (विप्रेषणसहित)
(ख) सामाजिक
(ग) सांस्कृतिक

१० अर्थतन्त्र र विकास (18 पाठ्य घण्टा)

१०.१ नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र र विकास
१०.१.१ नेपालको विदेश नीतिका अधार र अन्तर्राष्टिय सम्बन्ध (भारत, चिन र अन्य विश्वसम्बन्ध)
१०.१.२ अर्थतन्त्र र नेपालको वैदेशिक सम्बन्ध
१०.१.३ नेपालको भारत र चिनसँगको सामाजिक सांस्कृतिक र आर्थिक सम्बन्ध
१०.२ वैदेशिक व्यापार सन्तुलन र घाटा
१०.३ नेपालको वैदेशिक श्रमसम्बन्धी नीति
१०.४ क्षेत्रीय, वैश्विक सङ्गठनको सामाजिक आर्थिक भूमिका
१०.४.१ सार्क (SAARC)
१०.४.२ बिम्स्टेक (BIMSTEC)
१०.४.३ विश्व व्यापार सङ्गठन
१०.४.४ साफूटा
१०.५. आर्थिक वृद्धि, मानव विकास तथा दिगो बिकास अवधारणामा नेपालको आर्थिक विकास
१०.६. नेपालमा गरिबी चक्रर सम्बोधनका उपायहरू
१०.७ निम्नलिखित क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका समसामयिक घटनाहरू
(क) शिक्षा
(ख) विज्ञान तथा प्रविधि
(ग) राजनीति
(घ) अर्थतन्त्र
(ङ) समाज

११. शिक्षा र सामाजिक विकास (11 पाठ्य घण्टा)

११.१ शिक्षा
११.१.१ शिक्षा र मानव संसाधन विकास
११.१.२ शिक्षामा पहुँच र समावेशिता
११.१.३ शिक्षाले सामाजिक तथा सांस्कृतिक विकासमा ल्याउने परिवर्तन र प्रभाव
११.१.४ नेपालको शिक्षामा समुदायको सहभगीता
११.१.५ शिक्षा र रोजगार

Notice

The notes for this subject will be updated soon.

If you want to contribute your notes then send unit-wise pdf to falanocollege@gmail.com or contact us. It will be much appreciated.