This page includes the curriculum created by the Curriculum Development Center (CDC), notes for the reference study, and old and model test questions. Its user interface is very simple to use. By selecting the tabs, you can go to various units and chapters, model questions.

TitleNepali II
Course codeNep. 002
Nature of courseTheory + Lab
Full marks75 + 25
Pass marks27 + 13
Credit Hrs5 hrs
Elective/CompulsoryElective

नेपाली II



शिक्षण घण्टा: 160

१. परिचय

नेपाल बहुजातीय, बहुसांस्कृतिक एवम्‌ बहुभाषिक मुलुक हो । बहुजातीय र बहुसांस्कृतिक विशेषता भएको राष्ट्रमा राष्ट्रिय एकता प्रवर्धन गर्न तथा सामाजिक, सांस्कृतिक सम्बन्ध र समन्वय कायम गर्न सम्पर्क भाषाको आवश्यकता पर्दछ । यसका लागि विद्यार्थीमा भाषिक सक्षमताको विकास हुनुपर्दछ । विद्यार्थीमा भाषिक सञ्चार एवम्‌ बोध र अभिव्यक्तिगत सिपको विकास हुनु नै भाषिक सक्षमता हो । नेपाली भाषा विद्यालय तहको शिक्षणको प्रमुख माध्यम, सरकारी कामकाज र नेपाली समाजको साभझा सम्पर्कको भाषा हो । पहिलो, दोस्रो एवम्‌ विदेशी भाषाका रूपमा नेपाली
भाषाको प्रयोग हुँदै आएको छ । यस दृष्टिले नेपाली भाषाको प्रयोगमा व्यापकता रहेको छ । नेपालमा नेपाली भाषा सामाजिकीकरण, अन्तरभाषिक व्यवहार, सञ्चार, प्रशासन, प्रविधि र मौखिक तथा लिखित व्यवहारको प्रमुख माध्यमका रूपमा रहिआएको छ । नेपाली समाजको बहुलतालाई दृष्टिगत गर्दै सबै प्रकारका ज्ञान र सिप प्राप्त गर्न तथा विभिन्न माध्यमबाट अन्तर्राष्ट्रिय स्तरका ज्ञानसमेत नेपाली भाषामा सिक्न सक्ने बनाउन विद्यालय तहमा नेपाली भाषाको शिक्षण अपरिहार्य छ । त्यसैले विद्यालय तहमा नेपाली भाषालाई अनिवार्य विषयका रूपमा शिक्षण गर्नुपरेको हो । नेपाली भाषा
शिक्षणको मुख्य उद्देश्य विद्यार्थीमा नेपाली भाषासम्बद्ध भाषिक सिप एवम्‌ व्यावहारिक र सिर्जनात्मक क्षमताको विकास गराउनु हो ।

प्रस्तुत पाठ्यक्रमको उद्देश्य विद्यार्थीमा भाषिक सक्षमता अभिवृद्धि गराउनु हो । (कक्षा ९-१०) पूरा गरेका विद्यार्थीको स्तरलाई ध्यान दिई विद्यालय तहको समाप्तिपछि अन्य क्षेत्रमा लाग्ने तथा उच्च शिक्षामा प्रवेश गर्नेहरूको आधारभूमिका रूपमा नेपाली भाषामा सक्षम बनाउने अभिप्रायले यो पाठ्यक्रम तयार पारिएको हो । माध्यमिक तह (कक्षा ११-१२) पूरा गर्दा विद्यार्थीहरूले नेपाली विषयमा प्राप्त गर्ने तहगत सक्षमता र कक्षागत सिकाइ उपलब्धिलाई यस पाठ्यक्रममा समावेश गरिएको छ । पाठ्यक्रममा विद्यार्थीमा बोध एवम्‌ अभिव्यक्तिगत क्षमताको विकासका लागि उपयुक्त विधा र क्षेत्र निर्देश गरिएको छ । यसमा प्रयोजनपरक भाषिक सिप विकास र कार्यमूलक व्याकरणमा विशेष ध्यान दिइएको छ । तदनुरूपका सिकाइ सहजीकरण प्रक्रिया र मूल्याङ्कन विधि पनि समेटिएका छन्‌ । यस पाठ्यक्रममा निम्नलिखित पक्षहरूलाई प्राथमिकतामा राखिएको छ :

  • समयसापेक्ष जीवनोपयोगी एवम्‌ सक्षमतामा आधारित भाषिक सिप
  • पाठगत विविधताको प्रस्तुति र कार्यमूलक व्याकरण
  • स्तरअनुरूपका पाठ्यवस्तुको छनोट एवम्‌ स्तरण
  • विद्यार्थीकेन्द्रित सिकाइमा आधारित सहजीकरण प्रक्रिया
  • प्रयोजनपरक भाषिक सिप र सिकाइमा जोड
  • खोजपरक, परियोजनामूलक तथा सिर्जनात्मक भाषिक अभ्यासमा जोड
  • आषिक सामर्थ्य र सम्पादनका रूपमा भाषिक सिपको विकासमा जोड
  • व्याकरणलाई भाषा प्रयोगको आधारका रूपमा सैद्धान्तिकभन्दा रचनात्मक बनाउने प्रयत्न
  • स्वतन्त्र पठन र रचना कौशलको विकासमा जोड
  • सिपगत सक्षमता परीक्षणमा आधारित भाषिक मूल्याङ्कन
२. तहगत सक्षमता


यस तहका अन्त्यमा विद्यार्थीहरू निम्नलिखित सक्षमता प्राप्त गर्न समर्थ हुने छन्‌ :

  1. विविध विषयक्षेत्रका मौखिक सामग्रीको बोध र अभिव्यक्ति
  2. विविध विषयक्षेत्रका लिखित सामग्रीको सुरुचिपूर्ण पठन र बोध
  3. पाठगत सन्दर्भको अनुमान, घटना, चरित्र र परिवेशको पहिचान, बोध र प्रस्तुति
  4. देखेसुनेका, पढेका र अनुभव गरेका विषयवस्तुको मौखिक र लिखित अभिव्यक्ति
  5. सामाजिक, सांस्कृतिक, राष्ट्रिय एवम्‌ मानवीय मूल्यअनुकूलको लेख्य अभिव्यक्ति
  6. दैनिक व्यावहारिक लेखनमा दक्षता प्रदर्शन
  7. सिर्जनात्मक र प्रतिक्रियापरक अभिव्यक्ति कौशल
  8. अन्तरसाँस्कृतिक एवम्‌ भाषिक मूल्यप्रतिको सचेतता र सम्मानजनक भाषिक व्यवहार
  9. तार्किक, अन्तरक्रियात्मक एवम्‌ समस्या समाधानमूलक अभिव्यक्ति कौशल
  10. . खोज तथा परियोजनामा आधारित लेख र रचनाको सिर्जना
  11. समालोचनात्मक चिन्तनसहितको मौखिक र लिखित अभिव्यक्ति
Notice

The notes for this subject will be updated soon.

If you want to contribute your notes then send unit-wise pdf to falanocollege@gmail.com or contact us. It will be much appreciated.