This page includes the curriculum created by the Curriculum Development Center (CDC), notes for the reference study, and old and model test questions. Its user interface is very simple to use. By selecting the tabs, you can go to various units and chapters, model questions.

TitleSocial Studies
Course codeSol. 005
Nature of courseTheory + Lab
Full marks75 + 25
Pass marks27 + 13
Credit Hrs5 hrs
Elective/CompulsoryCompulsory

माध्यमिक शिक्षा पाठ्यक्रम
२०७7
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

वार्षिक कार्यघण्टा : १६० घण्टा
१. परिचय

शिक्षालाई ज्ञान, सिप, अभिवृत्ति, नेतृत्वकला आर्जन गर्ने, समालोचनात्मक विश्व दृष्टिकोणको आधारमा समाजका घटना परिघटनाको व्याख्या गर्ने र समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान गर्ने साधनको रूपमा लिइन्छ । शिक्षालाई समयसापेक्ष बनाउन यसलाई समुदायसँग जोड्नुपर्दछ ।व्यक्तिले आफू, परिवार, समाज, राष्ट्र र विश्व परिवेशसँग सामञ्जस्य कायम गर्दै समयानुकूल, स्वच्छ, स्वस्थ र मर्यादित जीवन निर्वाहका लागि क्रियाशील रहन शारीरिक, मानसिक तथा संवेगतत्मक व्यवस्थापन गर्नु आवश्यक हुन्छ । मानव जीवनलाई सहज, उन्नत एवम्‌ सुसंस्कृत बनाउन र सामाजिक सम्बन्धहरूलाई न्यायपूर्ण, सौहार्द्रपूर्ण एवम्‌ सहयोगात्मक बनाउँदै लैजान शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । समाजलाई समुन्नति र सभ्यतातर्फ अघि बढाउने एउटा प्रभावकारी माध्यमका रूपमा शिक्षालाई लिइन्छ । विश्वमा ज्ञान, विज्ञान र प्रविधिलगायत राजनीति, अर्थतन्त्र, संस्कृति र सामाजिक सम्बन्धहरूमा समेत परिवर्तनहरू आइरहेका हुन्छन्‌ । यस्ता परिवर्तनलाई सम्बोधन गर्न समुदायलाई शिक्षाको पाठ्यक्रमका रूपमा लिई सिकाइका कार्यहरू सञ्चालन गर्नुपर्दछ । विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै समाज र वातावरणसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नु पनि आवश्यक छ । यस्तै किशोरकिशोरीमा उत्पन्न हुने द्विविधाहरू व्यवस्थापन गरी कार्यमूलक जीवनमा प्रवेश गर्दा आवश्यक पर्ने जीवनोपयोगी सिपहरू विद्यालय तहमै हासिल गराउनु औचित्यपूर्ण हुन्छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरूमा समाजको अध्ययनसहित जीवनोपयोगी सिप विकास गराई मानवीय मूल्य र मान्यतासहित लोकतान्त्रिक समाजमा अनुकूलन हुन सक्ने सक्षम नागरिक तयार पार्ने उद्देश्यले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको यो पाठयक्रम तयार गरिएको छ

यस पाठ्यक्रममा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध र विधि, जीवनोपयोगी सिप, मानव समाजको उद्भव र विकास, समाजको विकास र दर्शन, भूगोल र सामाजिक जीवन, विश्व र नेपालको इतिहास, सामाजिक पहिचान र विविधता, संविधान र नागरिक सचेतना, बस्ती, जनसङ्ख्या र विकास, सहरीकरण र बसाइँसराइ, शिक्षा र विकास, स्वास्थ्य सेवा र सामाजिक विकास, अर्थतन्त्र र विकास र समसामयिक घटनाजस्ता विषय समेटिएको छ । यस पाठ्यक्रमले ज्ञान, सिप, अभिवृत्ति र मूल्यको विकासमा जोड दिएकाले अध्ययन अध्यापनमा सैद्धान्तिकभन्दा व्यावहारिक र प्रयोगात्मक पक्षमा बढी जोड दिनुपर्ने हुन्छ । यस विषयका लागि साप्ताहिक ५ पाठ्यघण्टा र वार्षिक कुल १९६० कार्यघण्टा छुट्याइएको छ । विषयवस्तुमा १२० कार्यघण्टाको सैद्धान्तिक तथा ४० कार्यघण्टाको व्यावहारिक अभ्यास समावेश गरिएको छ । मूल्याङ्कनलाई शिक्षणसिकाइ प्रक्रियाको अभिन्न अङ्गका रूपमा प्रयोग गर्नुपर्ने पक्षलाई जोड दिइएको छ । यसका लागि विद्यार्थीमा आवश्यक सामाजिक तथा जीवनोपयोगी शिक्षाका ज्ञान, सिप, अभिवृत्ति र मूल्यहरू हासिल भएनभएको परीक्षण हुने गरी मूल्याङ्कनका विभिन्न विधि तथा साधनहरू निर्माण तथा प्रयोग गर्नुपर्दछ । मूल्याङकन प्रक्रियालाई सहजीकरण गर्नका लागि मूल्याङ्कनका आधारसमेत यस पाठ्यक्रममा समावेश गरिएको छ ।

यस पाठ्यक्रममा परिचय, विषयगत रूपमा अपेक्षित ज्ञान, सिप, अभिवृत्ति, मूल्य र कार्य तत्परतालाई समेटी त्यसको क्रियात्मक स्वरूपमा सक्षमता निर्धारण गरिएको छ । सिकाइको स्तर र सक्षमताको विशिष्टीकृत विस्तृतीकरण तथा अघिल्ला कक्षासँग लम्बीय सन्तुलन र अन्य विषयसँगको क्षितिजीय सन्तुलनका आधारमा विषयवस्तुको क्षेत्र र क्रम निर्धारण गरिएको छ । विषयगत विशिष्टपन र मौलिकतालाई समेटी सिकाइ सहजीकरणका विधि तथा प्रक्रिया प्रस्तुत गरिएको छ । यसमा आन्तरिक र र बाह्य मूल्याङ्कनका विधि तथा प्रक्रियासमेत उल्लेख गरी विद्यार्थी मूल्याङ्ककनलाई व्यवस्थित गरिएको छ ।

२. तहगत सक्षमता
  1. सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र सामाजिक विज्ञानबिचको अन्तरसम्बन्ध बोध र प्रस्तुति ।
  2. जीवनोपयोगी सिपहरूका अतिरिक्त ब्यक्तिगत र सामाजिक जीवनमा अनुसन्धान र सूचना तथा सञ्चार प्रविधिका साधनहरूको प्रयोगलाई जीवनोपयोगी सिपका रूपमा उपयोग ।
  3. सामाजिक जीवनमा जीवनोपयोगी सिप विकास, प्रयोग एवम्‌ स्वस्थ्य जीवनशैलीको व्यावहारिक अभ्यास ।
  4. मानव जाति तथा समाजको विकासक्रमको विश्लेषण एवम्‌ समाज, विश्वदृष्टिकोण र जीवन दर्शनको अन्तरसम्बन्ध बोध र उपयोग ।
  5. भूगोल र मानवजीवनबिचको अन्तरसम्बन्ध बोध र अनुकूलन ।
  6. नेपाल तथा विश्वको ऐतिहासिक तथ्यहरूको खोजी एवम्‌ त्यसका कारण र प्रभावको विवेचना ।
  7. बहुजातीयता र बहुसांस्कृतिकताका विविध आयामहरूको पहिचान तथा समातामूलक समाज निर्माणमा सहभागिता ।
  8. नेपालको विगत र वर्तमान संविधानको तुलना र नागरिक अधिकारप्रतिको सचेतता र कर्तव्यको पालना ।
  9. जनसाड्ख्यिकी, बसाइँसराइ, बस्ती विकास र सहरीकरणको अन्तरसम्बन्धको खोज र प्रस्तुति ।
  10. . नेपालको अर्थतन्त्र र विकासका आयामहरूसँगको अन्तरसम्बन्धको बोध र प्रस्तृति ।
  11. समसामयिक घटना विश्लेषण र सकारात्मक प्रभावको उपयोग ।
  12. सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षामा सूचना प्रविधिको प्रयोग तथा प्रस्तुति ।
  13. विकास र सामाजिक परिवर्तनमा शिक्षा र स्वास्थ्यले पार्ने प्रभावको विश्लेषण ।

विषयवस्तुको दायरा र अनुक्रम

१. सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा (5 पाठ्य घण्टा)

१.१ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अर्थ, स्वरूप ( nature) र महत्त्व
१.२ सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको भिन्नता र अन्तरसम्बन्ध
१.३ सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा


२.जीवनोपयो गी सिपको रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्दन सिप (5 पाठ्य घण्टा)

२.१ दैनिक तथा व्यावसायिक जीवनमा आवश्यक डिजिटल साक्षरताका आधारभूत सिपहरू
प्रितटरको प्रयोग
२.१.१ कम्प्युटर तथा प्रिन्टरको प्रयोग
२.१.२ सञ्चार एप्लिकेसनहरूको प्रयोग (ब्राउजरको प्रयोग, इन्टरनेटसँग सम्पर्क स्थापना, व्यक्तिगत खाता तयार गर्ने, सुरक्षित पासवर्डको प्रयोग, इमेल पठाउने र लिने, इमेलमा सामग्री संलग्न गर्ने, अन्य सामाजिक सञ्जालका साधनको सुरक्षित प्रयोग)
२.१.३ अनलाइन पेमेन्ट एकाउन्ट तयारी र प्रयोग
२.१.४ डिजिटल एप्लिकेसनको प्रयोग गरी घर, कार्यालय, अस्पताल, यातायात सेवा लिन सक्ने सिपहरू
२.२ इन्टरनेटको प्रयोगबाट सूचना, तथ्याङ्क, अध्ययन सामग्रीको खोजी र प्रयोग
२.३ इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग(साइबर कानुन, अपराधको जानकारीसहित)

३.जीवनोपयोगी सिप (21 पाठ्य घण्टा)

३.१ जीवनपयोगी सिपको परिचय र यसको वर्गीकरण
३.१.१ निर्णय प्रक्रिया( Decision Making )
(क) निर्णयको परिचय र प्रकार
(ख) निर्णय प्रक्रियाका चरण, प्रयोग र अभ्यास
(ग) निर्णयमा अनिर्णीत हुने अवस्थाको पहिचान
३.१.२ समस्या समाधान (Problem solving)
(क) समस्याको परिचय र पहिचान
(ख) समस्या समाधानका चरण
(ग) समस्या समाधानको व्यावहारिक अभ्यास
३.१.३ सञ्चार ( Communication )
(क) सञ्चार सिपको पहिचान र प्रकार
(ख) सञ्चारका अवरोधहरू
(ग) प्रभावकारी सञ्चार र प्रभावकारी सम्बन्ध
(घ) प्रभावकारी सञ्चारका माध्यम र अभ्यास
(ङ) सामाजिक सञ्जालको सदुपयोग
३.१.४ तनाव व्यवस्थापन (Stress Management)
(क) तनावको अर्थ, सिर्जित अवस्था र असर
(ख) तनाव व्यवस्थापनका उपायहरू : समर्पण, प्रतिरोध र सम्झौता तथा तिनका व्याहारिक अभ्यास
(ग) तनाव व्यवस्थापनका रणनीति
(घ) द्वन्द, तनाव, द्वन्द्व रूपान्तरण र व्यवस्थापनको प्रक्रिया र अभ्यास
(ङ) तनाव व्यवस्थापनमा मनोसामाजिक परामर्श, योग र ध्यानको प्रयोग
३.१.५ अन्तरवैयक्तिक सिप र सम्बन्ध ( Interpersonal skills and relationship)
(क) अन्तरवैयक्तिक सिपको अर्थ र महत्त्व
(ख) अन्तरवैयक्तिक सम्बन्ध सुधारका उपाय
(ग) अन्तरवैयक्तिक सम्बन्ध र सामाजिक सञ्जाल
(घ) असल नेतृत्वका लागि अन्तरवैयक्तिक सम्बन्ध व्यवस्थापन
(ङ) टोलीकार्य र नेतृत्व विकास

४. मानव समाजको उद्भव र विकास (12 पाठ्य घण्टा)

४.१ मानवजातिको उद्भव र मानव समाजको समाजको विकासक्रम
४.१.१ ढुङ्गो युगको जीवन पद्धति
४.१.२ कृषि युगको सुरुआत र विकास
४.१.३ पुँजीवादी युग, औद्योगिक युग ( विश्व) र त्यसको प्रभाव
४.२ वर्तमान विश्व परिवेश र सामाजिक व्यवहार

५. भूगोल र सामाजिक जीवन (16 पाठ्य घण्टा)

५.१ विश्वको भौगोलिक चिनारी र विश्व मानचित्रमा नेपाल
५.२ मानव र वातावरणबिचको सम्बन्ध : परिचय, पहिचान र प्रस्तुति
५.३ भौगोलिक विविधताले समाजमा पार्ने असरहरू
५.३.१अर्थतन्त्र
५.३.२ जीविकोपार्जन
५.३.३ क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध
५.३.४ पहुँच र सहजता
५.३.५ पर्यटन
५.४ नेपालका पर्यावरणीय क्षेत्रका विविध आयाम र तिनका विशेषताहरू
५.४.१ भौगोलिक
५.४.२ जनसाङ्ख्यिक
५.४.३ आर्थिक
५.४.४ सामाजिक तथा साँस्कृतिक

६. विश्वको इतिहास (15 पाठ्य घण्टा)

६.१ विश्वको इतिहास
६.१.१ विश्व इतिहासको लेखनको सुरुआत र इतिहास लेखनका मूल प्रवृत्ति
६.१.२ मध्यकालीन एसिया : आर्थिक उदय
६.१.३ एसियामा आर्थिक सङ्कुचन
६.१.४ औद्योगिक क्रान्ति :कारण र प्रभाव( युरोपेली औपनिवेशिकताको सुरुआत )
६.२ लोकतन्त्रको उदय र विकास

7. सामजिक पहिचान र विविधता (18 पाठ्य घण्टा)

७.१ बहुजातीयता र बहुसांस्कृतिकता
७.१.१ जातप्रथा
(क) जातप्रथाको प्रारम्भिक इतिहासका तीन अवधारणाहरू : दैवी, शास्त्रीय र व्यवहारजन्य
(ख) जात, उपजात र आर्थिक विस्तार
७.१.२ जाति, जनजाति : पहिचान र सवाल : जनसङ्ख्या, मानव अधिकार र समावेशीकरण
७.१.३ दलित सवाल : जनसङ्ख्या, मानव अधिकार र समावेशीकरण
७.२ बहुसांस्कृतिकता र सामाजिक एकता

8. संविधान र नागरिक सचेतना (12 पाठ्य घण्टा)

८.१ नेपालको अधिराज्यको संविधान २०४७ र नेपालको संविधानको प्रस्तावनाको तुलना
८.२ नेपालको संविधानको राजनीतिक, कानुनी, आर्थिक र सांस्कृतिक विशेषताहरू
८.३ नेपालको संविधान र निर्वाचन प्रणाली
८.४ राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षाको अवधारणा

9. बस्ती, जनसाङ्ख्या र विकास (18 पाठ्य घण्टा)

९.१ बस्ती विकास
९.१.१ बस्तीको परिचय र वर्गीकरण
९.१.२ ग्रामीण र सहरी बस्तीका विशेषताहरू
९,१.३ बस्तीहरूको प्रकृति र सामाजिक सेवाबिचको तालमेल
९.१.४ बस्ती विकास र पर्यावरणीय क्षेत्र
९.२ जनसङ्ख्या र विकास
९,२.१ जनसङ्ख्या वितरण, परिवर्तन र प्रादेशिक विकास
९,.२.२ उमेर संरचनाको सङ्क्रमण र जनसाङ्ख्यिक लाभांशको उपयोग
९.२.३ जनसङ्ख्या व्यवस्थापन

१०. अर्थतन्त्र र विकास (16 पाठ्य घण्टा)

१०.१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू: कृषि, पर्यटन, उद्योग र व्यापार
१०.२ नेपालको अर्थतन्त्रमा सार्वजनिक, निजी, सहकारी क्षेत्रको तीन खम्बे नीतिको महत्त्व
१०.३ विप्रेषण र नेपाली अर्थतन्त्र
१०.४ नेपाली समाजमा विद्यमान आर्थिक क्रियाकलाप तथा औपचारिक र अनौपचारिक आर्थिक कारोबार पद्धतिहरू
१०.५ कृषि, उद्योग, निर्माण र सामाजिक क्षेत्रको नेपाली अर्थतन्त्रमा प्रभाव
१०.६ श्रम शक्ति, रोजगार र उद्यमशीलता
१०.७ सरकारी बित्त: स्रोत, वितरण र सामाजिक विकास

११. स्वास्थ्य सेवा र सामाजिक विकास (15 पाठ्य घण्टा)

११.१ स्वास्थ्य
११.१.१ नेपालमा गुणस्तरिय स्वास्थ्य सेवा: पहुँच र सामुदायिक सहभागिता
११.१.२ नेपालको समुदायमा अभ्यासमा आएका आधुनिक र परम्परागत स्वास्थ्य सेवा पद्धति
११.२ स्वस्थ जीवनशैली र सामाजिक जीवन
११.२.१ पोषणयुक्त तथा सन्तुलित खाना
११.२.२ शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य
११.२.३ बिभिन्न दुर्व्यसन, कुलत तथा लागु पदार्थप्रतिको सजगता
११.२.४ किशोरावस्था र स्वस्थ जीवनशैली
११.२.५ योग तथा ध्यानको महत्त्व र अभ्यास
११.२.६ फुर्सदको उपयोग, खेल, मनोरञ्जन, आराम तथा निन्द्रा
११.२.७ सामुदायिक सहभागिता : सामुदायिक कार्य र स्काउट
११.२.५ मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन

Notice

The notes for this subject will be updated soon.

If you want to contribute your notes then send unit-wise pdf to falanocollege@gmail.com or contact us. It will be much appreciated.